back
NMB ad

काठमाडौं महानगरले गर्यो ४६४ जनाको र्‍यापिड टेस्ट

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर आएका चार सय ६४ जनाको कोरोना परीक्षण गरेको छ । महानगरपालिकाले विदेशबाट फर्किएर आएका तथा उनीहरूको सम्पर्कमा रहेकाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरेको हो ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि महानगरले उनीहरूको सम्पर्कमा आएका तथा विदेशबाट फर्किएर महानगरभित्र आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसोवास गरिरहेकाहरूको र्‍यापिड टेस्ट गरेको हो ।

शनिबारसम्म चार सय ६४ जनाको परीक्षण हुँदा सबैको नजिता नेगेटिभ रहेको महानगरका सहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए ।

महानगरले शनिबार वडा नम्बर ५ का ३९ जना, वडा नम्बर ४ का ५१ जना र वडा नम्बर १८, १९, २०, २१, २२, २३, २४, २९ गरी आठवटा वडाका ७८ जनाको परीक्षण भएको जनाएको छ ।

यस्तै, वडा नम्बर ९, १०, ३१ र ३२ मा भएको परीक्षणमा दुई सय ४८ जना र वडा नम्बर १५ मा ४८ जनाको परीक्षण भइसकेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार ०८:१८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...