back
NMB ad

सबै सरकारी कर्मचारीलाई एक महिना बिदा दिएर घुम्न पठाउने !

Kumari bank ad

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण धर्मराएको पर्यटन क्षेत्र उकास्न नयाँ-नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले कोरोनाको महामारी कम भए पनि अबको केही समय विश्वभरका पर्यटक ठूलो संख्यामा घुम्न नसक्ने भन्दै आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री भट्टराईले सरकारले धेरै योजना बनाएको र त्यसमध्ये एउटा सबै सरकारी कर्मचारीलाई बिदा दिएर घुम्न पठाउने र आन्तरिक पर्यटन बलियो बनाएर आर्थिक चहलपहल बनाउने पनि रहेको बताउनुभयो ।

‘तत्कालै अन्तर्रा्ष्ट्रिय पर्यटकको बाढी नै नआउन सक्छ, त्यो अवस्थामा हामीले आन्तरिक पर्यटनमा जोड दिँदै, हामीले पर्यटन बिदा दिने सोच बनाएका छौं, आर्मी, पुलिस, शिक्षक, कर्मचारी, र सबै संगठित र असंगठित क्षेत्रका कर्मचारीलाई एक महिना बिदा दिएमा केही चहलपहल बढाउन सक्छौं’, मन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताउनुभयो । उहाँका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ ।

सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडि बढ्ने समेत बताउनुभयो ।(उज्यालो अनलाइनबाट)

वि.सं.२०७७ वैशाख ८ सोमवार १६:०२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...