back
NMB ad

अध्यादेश पछि यस्तो आयो नेकपा सचिवालयको निर्णय (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सरकारको सिफारिशमा राष्ट्रपतिबाट दुई अध्यादेश जारी भइसकेको अवस्थामा थप छलफल गर्नुको औचित्य नरहेको निश्कर्षसहित पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउने निर्णय गरेको छ ।

अध्यादेश जारी गर्ने निर्णय भएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पार्टी एकतालाई मजवुत गर्ने र सरकारलाई सफल बनाउने निश्कर्षसहित अघि बढने निर्णय गरेको हो ।

सरकारले आज संबैधानिक परिषद र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । दुवै अध्यादेशलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले जारी गरिसक्नु भएको छ ।
नेकपाका सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश जारी गर्नुपर्ने आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको थियो ।
‘अध्यादेश जारी नै भइसकेकोले थप छलफल गर्नुको औचित्य रहेन भन्ने निश्कर्षसहित बैठक सकिएको छ, सवै नेताहरुले आफ्नो आफ्नो सुझाव राख्नुभएको छ, यस्को महत्वलाई केन्द्रबिन्दुमा राखेर सवै कमरेडहरुले आफ्नो धारणा राख्नुभएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यादेशका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ अध्यादेश र कोरोना रोकथामका लागि भईरहेको प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।

सचिवालय बैठकमा के- के भयो ? भिडियो हेर्नुहोस्

https://www.facebook.com/ThahaKhabar/videos/247633616427531/

वि.सं.२०७७ वैशाख ८ सोमवार २०:३६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...