काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
योसँगै भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या छ सय ४० पुगेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजन्सी एएनआईले पछिल्लो २४ घण्टामा थप १३ सय ८३ विरामी थपिएका जनाएको छ ।
भारतमा बुधबार बिहानसम्म संक्रमितको संख्या १९ हजार नौ सय ८४ पुगेको छ । जसमध्ये तीन हजार आठ सय ७० जना उपचार पछि घर फर्किएका छन् । यसअघि मंगलबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु भएको थियो भने १३ सय ३६ नयाँ बिरामी थपिएका थिए ।
वि.सं.२०७७ वैशाख १० बुधवार ०९:०५ मा प्रकाशित