back
NMB ad

बुधबार थप दुईजना कोरोना संक्रमित डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ७ पुग्यो

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि भएको छ । बुधबार थप दुईजना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ ।

बुधबार सेती अस्पताल धनगढीबाट एक ४० वर्षीय पुरुष र काठमाडौंको टेकु अस्पतालबाट ३४ वर्षीय पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

सेती अस्पतालबाट डिस्चार्ज हुने नवौं कोरोना संक्रमित हुन । उनी चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका थिए।उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो ।

यस्तै टेकु अस्पतालबाट डिस्चार्ज हुनेमा तेस्रो कोरोना संक्रमित हुन । धादिङ ३२ वर्षीय ती पुरुष चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

काठमाडौंको एक होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । चैत्र १२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

दुवैजनाको कोरोना परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसअघि काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला,धनगढीको सेती प्रादेशिक अस्पतालबाट १९ र ३२ वर्षीय युवा निको भएर डिस्चार्ज भइसकेका छन्।

वि.सं.२०७७ वैशाख १० बुधवार १७:०८ मा प्रकाशित

You can share this post!

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...