back
NMB ad

बागमती प्रदेश छिर्ने नाकामा अटोमेटिक सेनेटाईजर मेसिन जडान

Kumari bank ad

हेटौंडा । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रीने यात्रुहरूलाई हेटौंडा उपमहानगरले सेनेटाईज गरेर भित्राउने व्यवस्था गरेको छ ।

शुक्रबार हेटौंडा–१५ रातोमाटेमा अटोमेटिक सनेटाईजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्रीले सुरुवात गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले यो मेसिन प्रभावकारी हुने बताउनुभयो । रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालक लगायतलाई अनिवार्य सेनेटाईज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।

अत्यावश्यक सेवा दिनुपर्ने स्थानहरूमा तत्काल यो मेसिन प्रदेशका विभिन्न स्थानहरुमा जडान गरीने उहाले बताउनुभयो । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने भएपनी भौतिक दुरी कायम गरि सेनेटाईज गरीने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ ।

मेसिनको मूल्य एक लाख ६० हजार रुपैंया लागतमा हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । यस्तै सेनटाईज सेवा चितवनमा पनि रहेको मञ्चले जानकारी दिएको छ ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १७:३५ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...