back
NMB ad

कोरोना महामारी : विश्वभर २ लाख ३ हजारकाे ज्यान गयाे, २९ लाखमा संक्रमण

Kumari bank ad

काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसले हालसम्म २ लाख ३ हजार ४२ जनाको ज्यान गएको छ । विगत २४ घण्टामा मात्रै संक्रमणबाट ५ हजार ९ सय ४३ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनको अध्यावधिमा जनाइएको छ ।

त्यस्तै ८६ हजार ७ सय ७४ जनामा संक्रमण देखिएको छ । हालसम्म संक्रमित हुनेको संख्या २९ लाख १५ हजार ६ सय रहेको पनि संगठनको अध्यावधिमा उल्लेख छ ।

छिमेकी देश भारतमा हलसम्म कोरोना संक्रमणबाट ८ सय २५ जनाको ज्यान गएको छ । त्यस्तै २६ हजार २ सय ८३ जनामा संक्रमण भएको छ । ५ हजार ९ सय ९३ जना उपचार पछि निको भएका छन् भने १९ हजार ५ सय १९ जना उपचारमा रहेका छन् ।

संयुक्त राज्य अमेरिकामा ५४ हजार २ सय ५६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ भने १ लाख १८ हजार १ सय ६२ जना निको भएर घर फर्किएका छन् । अमेरिकामा हालसम्म ९ लाख ६० हजार ६ सय ५१ जनामा संक्रमण भएको छ ।

इटलीमा २६ हजार ३ सय ८४ जनाको ज्यान गएको छ भने ६३ हजार १ सय २० जना निको भएर घर फर्किएका छन् । त्यस्तै हालसमम १ लाख ९५ हजार ३ सय ५१ जनामा संक्रमण देखिएको इटलीमा २ हजरा १ सय २ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये १२ जना निको भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ वैशाख १४ आइतवार ०९:१० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...