back
NMB ad

आगामी आउने बजेटका लागि नयाँ सिलिङ पठाउँदै योजना आयोग, कस्तो आउला बजेट ?

Kumari bank ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा चालु आर्थिक वर्ष २०७६/०७७ को हाराहारीमा नै बजेट ल्याउने भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलका अनुसार कोरोना भाइरसका कारण बजेटको आकार खुम्चिएर चालु आवको हाराहारीमा आगामी आर्थिक वर्षको बजेट आउने भएको हो ।

उहाँका अनुसार आयोगले माघ महिनामा नै मन्त्रालयलाई आगामी आवको बजेटको सिलिङ पठाएको भएपनि कोरोनाको कारण उक्त सिलिङमा केही परिवर्तन हुने छ ।

‘हामीले पहिला पठाएको सिलिङ अनुसार अब आगामी आवको बजेट आउँदैन । अब १०/१५ दिन कोरोनाको प्रभाव कस्तो हुन्छ हेरेर त्यही अनुसार बजेटको नयाँ सिलिङ पठाइने छ,’ कँडेलले बताउनुभयो ।

अझै लकडाउनको अवधी कति थपिन्छ भन्ने विषयले सिलिङमा प्रभाव पार्ने उपाध्यक्षको भनाइ छ । उहाँले आगामी आवको बजेटमा बजेटको प्राथमिकताको क्षेत्र पनि परिवर्तन हुने बताउनुभयो । सरकारले भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिएको भएपनि कोरोनाको कारण अब सामाजिक पूर्वाधार, स्वास्थ्य, शिक्षालाई पनि बढी प्राथमिकताका साथ अघि बढाउने पर्ने उहाँको भनाई छ ।

‘अब शिक्षा प्रणालीलाई कसरी लैजान सकिन्छ, विदेशबाट फर्केर आउने युवालाई कसरी काम व्यवस्थापन गर्न सकिन्छ, श्रम बजारमा आउनेलाई कसरी रोजगारी दिन सकिन्छ, नयाँ रोजगारीको अवसर सृजना गर्नुपर्ने चूनौती थपिएको छ,’ कँडेलले भन्नुभयो ।

सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

आयोगले आगामी आव २०७७र०७८ को लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङ तोकेको छ । जसमा चालु खर्च १० खर्ब १ अर्ब ३५ करोड ८४ लाख, पुँजीगत तर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ११ अर्ब ८१ करोड २ लाख रुपैयाँ रहेको छ ।

आयोगको प्रक्षेपण गरेको बजेटको सिलिङमा आव २०७८/७९ मा २० खर्ब ५२ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ रहेको छ । जसमा चालु खर्च तर्फ १० खर्ब ७६ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेको छ ।

यस्तै पुँजीगततर्फ ७ खर्ब १० अर्ब ८३ करोड ५९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ हुने आंकलन गरको छ । उक्त आवमा भने पुँजीगत खर्च अन्य आवको तुलनामा बढ्ने आयोगको आंकलन गरेको छ । तर कोरोना भाइरसको कारण चालु आवको मात्रै नभएर आगामी २ आर्थिक वर्षको बजेटमा पनि असर पर्ने देखिएको छ । (क्लिक माण्डूबाट )

वि.सं.२०७७ वैशाख १७ बुधवार १९:०४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...