back
NMB ad

देशभर प्रत्येक परिवारमा एकजनाको कोरोना परीक्षण गर्न निर्देशन

Kumari bank ad

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले देशभर प्रत्येक परिवारमा कम्तीमा एकजनाको कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी प्रत्येक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमेत उपस्थित भएको बैठकले सबै स्थानीय तहमा आवश्यकतानुसारको स्वास्थ्य सामग्री र्पुयाउन, राहत वितरणलाई व्यवस्थित गर्न र संक्रामक रोगसम्बन्धी एकीकृत कानुन बनाउनसमेत निर्देशन दिएको छ ।

सो अवसरमा स्वास्थ्यमन्त्री ढकालले सरकारले बेलैमा अपनाएको सावधानी र प्रयत्नका कारण नेपाल कोरोनाको उच्च जोखिमको सूचीबाट बाहिरिन सफल भएको दाबी गर्नुभयो ।

मन्त्री ढकालले वैशाख २५ गतेपछि जनजीवनलाई सहजीकरण गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । समितिले सुरक्षात्मक मापदन्ड बनाएर ‘लकडाउन’ खुकुलो बनाउन, सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न, दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणको मापदन्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्कनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १५:३७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...