back
NMB ad

यस्तो छ नेपालमा कोरोना भाइरसको पछिल्लो अपडेट

Kumari bank ad

काठमाडौं । शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५९ पुगेको छ । बाँकेको नेपालगञ्जका ६० वर्षीय र रुपन्देशीका २५ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ देखिएको हो ।

बाँकेका पुरुषको स्वाब परीक्षण भेरी अस्पतालमा भएको हो भने रुपन्देशीका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाबको नमुना परीक्षण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेका ६० वर्षीय संक्रमितलाई सुशील कोइराला अस्पतालको आइसोलेनमा ल्याइएको छ । रुपन्देशीका संक्रमितलाई भने बुटवल धागो कारखानाबाट अस्पताल ल्याइदै छ ।

प्रवक्ता देवकोटाका अनुसार यो सँगै पुरुष ४९ र महिला १० गरेर संक्रमितको संख्या ५९ पुगेको हो। जसमध्ये १६ जना भने निको भएर डिस्चार्ज भएका छन् ।

अन्य ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सबैभन्दा बढी विराटनगरको कोशी अस्पतालमा ३१ जना छन्। वीरगन्जमा ८ जनाको उपचार भइराखेको छ भने रुपन्देही, नेपालगञ्ज, धनगढी र भरतपुरमा एकएक जनाको उपचार हुँदैछ ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म ४७ हजार ७ सय ९७ जनाको नमुना परीक्षण भएको छ। सातै प्रदेशमा गरेर २४ हजार ९ सय सात जना क्वारेन्टाइनमा छन्  । सम्भावित संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ। उपत्यकामा पाँच र उपत्यका बाहिर ८९ गरेर ९४ जना आइसोलेसनमा छन् ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...