back
NMB ad

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा

Kumari bank ad

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको छ ।

अपरान्ह ४ बजे बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक साँझ ५ बजेलाई सारिए पछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको हो ।

प्रधानमन्त्री ओली एकाएक शीतल निवास पुग्नु भएपछि बिभिन्न अनुमानहरु गरिन थालिएको छ । उहाँको भेटघाट बजेट अधिवेशन आव्हान गर्ने विषयमा हुन सक्ने अनुमान पनि गरिएको छ ।

यस अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेता बामदेव गौतमसंग प्रधानमन्त्री निवास वालुवटारमा छुट्टै छलफल गर्नु भएको बताइएको छ ।

अध्यक्ष ओलीले सचिवालय बैठक सारेर उपाध्यक्ष वामदेब गौतमसँग छलफल गर्नु भएको हो ।यस अगाडिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना उन्मुलन भएपछि आफूले राजीनामा दिएर उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सार्नु भएको थियो ।

यसका साथै, प्रधानमन्त्री ओलीले पार्टी्िभत्रै विभिन्न विवादहरु बढ्दै गएपछि पार्टीको तेस्रो अध्यक्षमा माधव कुमार नेपालको नाम पनि प्रस्ताव गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको उक्त प्रस्तावमा वरिष्ठ नेता नेपालले अस्वीकार गर्नुभएको थियो, भने गौतमले पार्टी कमिटीबाट औपचारिक निर्णय हुनुपर्ने माग गर्नुभएको थियो ।

वि.सं.२०७७ वैशाख २० शनिवार १६:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...