back
NMB ad

भोलिदेखि ‘कर्फ्यु’ जारी गर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई भोलि(मंगलबार)देखि तीन दिनसम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरणका लागि तीन दिन गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी कुमार खडकाको अध्यक्षतामा आज बसेको कोरोना संटक व्यवस्थापन सम्वन्धी सर्वदलीय/सर्वपक्षीय बैठकले कोरोना भाइरस संक्रमण दर न्यूनिकरणका साथै संक्रमितको कन्याक्ट ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन उक्त निर्णय गरेको हो ।

बैठकले मंगलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नगर क्षेत्र निषेधित गर्न सिफारिस गरेको हो । उक्त अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिनेवाहेक कोही पनि बाहिर निस्कन नपाउन प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिनुभयो ।

नेपालगञ्जमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएका केहीको स्वाब परीक्षण भैरहेको छ।

वि.सं.२०७७ वैशाख २२ सोमवार १८:५९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...