back
NMB ad

मकवानपुरमा लकडाउन थप कडा बनाइने

Kumari bank ad

मकवानपुर । मकवानपुरमा लकडाउनलाई थप कडा बनाउने भएको छ । सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालासहित आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

अत्यावश्यक अवस्थामाबाहेक कसैलाई पनि हिँडडुल गर्न नदिइने निर्णय भएको उनले बताए । ‘तराईका जिल्लाबाट मकवानपुर आउने सवारी साधनमा पनि चालक र सहचालकबाहेक अन्य कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय भएको छ’, उनले भने, ‘मकवानपुरबाट काठमाडौँ जानका लागि पास जारी नगरिने विषयमा समेत छलफल भएको छ ।’

मास्क र स्यानिटाइजर सहयोग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ७२० थान मास्क र ११ लिटर स्यानिटाइजर सहयोग गरेको छ ।

उनले सहयोग गरेको मास्क र स्यानिटाइजर आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई हस्तान्तरण गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले कोरोना भाइरस सङ्क्रमणबाट बच्न मास्क र स्यानिटाइजर सहयोग उपलब्ध गराइदिएकामा नेतृ डिनालाई धन्यवाद दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र हेटौँडा उपमहानगरपालिकाका काँग्रेसका सभापति आनन्दराम पराजुलीलगायत सहभागी रहेका थिए ।-रासस

वि.सं.२०७७ वैशाख २३ मंगलवार १६:१३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...