back
NMB ad

श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने

Kumari bank ad

काठमाडौं । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाताले श्रमिकको तलब ४० प्रतिशतसम्म कटाउन पाउने नियम ल्याएको छ ।

कोरोना महामारीका कारण रोजगारदाताले अबको ६ महिनासम्म काम गर्ने समयसँगै श्रमिकको तलब ४० प्रतिशतसम्म घटाउन पाउने नियम ल्याएको साउदीको श्रम मन्त्रालयलाई उद्धृत गर्दै अरब न्युजले लेखेको छ ।

काम गर्ने समय घटेमा पनि ६० प्रतिशत तलब भने श्रमिकलाई अनिवार्य रुपमा दिनुपर्नेछ । काम गर्ने समयसँगै तलब घटाउन पाए पनि ६ महिनाको अवधिभर कुनै पनि निजी कम्पनी र रोजगारदाताले श्रमिकलाई हटाउन भने पाउने छैनन् ।

मन्त्रालयका अनुसार ६ महिनापछि भने रोजगारदाताले आफ्ना श्रमिकलाई फेरि पहिलेकै सेवा, शर्त अनुसार पूरा तलब दिनुपर्नेछ । श्रमिकले चाहेमा र रोजगारदाताले दिएमा यो समयमा बेतलबी बिदामा बस्न सक्ने सुविधा भने श्रमिकलाई दिइएको छ ।

रोजगारदाताले महामारीको बेलामा नै श्रमिकलाई बाँकी रहेको वार्षिक बिदामा राख्न सक्नेछन् । तर वार्षिक बिदा दिए पनि त्यो समयको भने तलब समान्य अवस्थाको जस्तै पूरा दिनु पर्नेछ ।

यस्तै, साउदीमा रहेको नेपाली दूतावासले खाद्यान्न लागयतका समस्या परेमा दूतावासमा सम्पर्क गर्न र आफ्नो यथार्थ विवरण टिपाउन अनुरोध गरेको छ ।

साउदीमा कार्यरत श्रमिकलाई परेका समस्या खुलस्त रुपमा टिपाउन र जुनसुकै समस्या परेमा पनि दूतावासको सम्पर्कमा आउन साउदीका लागि नेपाली राजदूत डा.महेन्द्र प्रसाद सिंह राजपुतले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गर्नुभएको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १४:५९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...