back
NMB ad

एनआईसी एशिया बैंकको पस टर्मिनल र एटिएममा अब मास्टर कार्ड प्रयोग गर्न सकिने

Kumari bank ad

काठमडौं । एनआईसी एशिया बैंकको पस टर्मिनल र एटिएममा अब मास्टर डेविट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ ।अन्तराष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि सो सुविधा थपिएको हो।

यो व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले यस बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्नेछन्।

नेपालमा मास्टर कार्ड प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी होटल, रेष्टुरेन्ट, पर्यटनजस्ता सेवामूलक क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताको संख्या यथेष्ट रहेकोले एनआइसी एसिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा र्पुयाएको छ।

ग्राहकलाई घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ। ग्राहकले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा अनलाइनबाट निःशुल्क भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क छन्।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाका कार्ड वाहकले एनआइसी एसिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ।

लकडाउनको परिस्थितिमा ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा ग्राहक सम्पर्क केन्द्रको टोल फ्री नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

बैंकले देशभर ३१९ शाखा कार्यालय ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आएको छ।

एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व सरकारलाई प्रदान गरेको छ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...