back
NMB ad

बाबुबाट बारम्बार बलात्कृत किशाेरीकाे निधन

Kumari bank ad

काठमाडौं । आफ्नै बुबाबाट पटक–पटक बलात्कृत भएकी एक १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।

२०७५ भदौमा बाबुबाट बलात्कृत भएपछि किशोरी ओखलढुंगामा परिवर्तनशील सामुदायिक संस्थाले सञ्चालन गरेको सेफ हाउस मार्फत उपचारका लागि काठमाडौ पठाइएको थियो ।

घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण र पढाइको जिम्मा काठमाडौँस्थित एसओएस बालग्रामले लिएको थियो । किशोरीको घुँडाको क्यान्सर उपचारपछि सामान्य निको भएपनी छ महिनापछि रगतको माध्यमबाट फोक्सोमा क्यान्सर संक्रमण भएपछि काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको परिवर्तनशील सामुदायिक संस्था ओखलढुंगाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिइन्।

ती किशोरीका दुई जना भाइहरु एसओएस बालग्राम काठमाडौकै संरक्षणमा अध्ययन गरिरहेका छन् । आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत ओखलढुंगाले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ ।

हाडनाता करणी मुद्दामा जिल्ला न्यायाधीश कैलाश केसीको ईजलासले यस्तो फैसला गरेको हो । आमाले दोस्रो विवाह गरेकी थिइन् । तीनै जना दिदी भाइहरु हजुरआमासँग बस्दै आएका थिए । १३ वर्षको उमेरमा उनका बाबुले उनलाई पटक(पटक बलात्कार गरेका थिए ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार २०:४३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...