back
NMB ad

नेपालले आफ्नो भूभाग एक इन्च पनि छोड्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

Kumari bank ad

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लिपुलेक विवादबारे भारतसँग वार्ता हुने बताउनुभएको छ । भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको र्कलाश मान सरोवर जाड्ने सडक निर्णय भएपछि अहिले सवत्र त्यसको विरोध भइरहेको छ ।

आइतबारको संसद बैठकमा पनि विभिन्न राजनीतिक दलका सांसदहरुले त्यसबारे प्रश्न उठाएका छन् । मन्त्री ज्ञवालीले सांसदहरुको प्रश्नपछि जवाफ दिँदै त्यसबारे भारतसँग वार्ता हुने प्रतिवद्धता जनाउनुभएको हो । ‘लिपुलकेमा अहिले जे भइरहेको छ, त्यसप्रति नेपाल सरकारले आपत्ति जनाइसकेको छ’ उहाँले भन्नुभयो, ‘हामीले त्यसको विरोध गरेपछि हिजो शनिबार भारतका पराष्ट्रमन्त्रीले पनि यसबारे कोरोना भाइरस महामारीपछि छलफल गरौँला भन्नुभएको छ । कोरोनाको स्थिति सहज भएपछि भारतसँग वार्ता हुन्छ ।’

मन्त्री ज्ञवालीले लिपुलेक विवाद समाधान गर्न सरकारले यसअघि नै प्रयास गरिहेको तर कोरोना भाइरस संक्रमणको कारण रोकिएको बताउनुभयो । ‘लिपुलेकसहितको केही नेपाली भूभागलाई भारतले आफ्नो भनेर नक्शामा सार्वजनिक भएपछि सरकारले त्यो विवाद समाधान गर्ने प्रयास गरिरहेको थियो’ उहाँले भन्नुभयो, तर त्यसको लागि दुई देशबीच छलफल गर्ने तयारी भइरहेका बेला कोरोनाको कारण रोकियो । अब कोरोनाको स्थिति सामान्य भएपछि फेरि त्यसबारे छलफल हुनेछ ।’

मन्त्री ज्ञवालीले भूभाग एकीन नहुँदा नेपालको नक्शा सार्वजनिक भएको जानकारी दिनुभयो । ‘नेपालले आफ्नो भूभाग एक इन्च पनि छोड्दैन’ उहाँले भन्नुभयो, ‘आफ्नो भूभाग अरुलाई दिने कुरो आउँदैन, अरुको लिने पनि हुँदैन ।

दुई देशको भूभाग एकीन नहुँदा नक्शा सार्वजनिक गर्न ढिलाइ भएको हो । कोरोना स्थिति सहज भएपछि हुने दुई देशबीचको छलफलपछि भूभाग एकीन हुनेछ । र नक्शा पनि त्यसपछि सार्वजनिक हुनेछ ।’

वि.सं.२०७७ वैशाख २८ आइतवार १२:२५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...