back
NMB ad

उल्टाइयो कर्मचारी समायोजन : खरिदारदेखि अधिकृतसम्मको समायोजना संशोधन !

Kumari bank ad

काठमाडौं । अघिल्लो संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेको कर्मचारी समायोजन अहिलेका मन्त्री हृदयस त्रिपाठीले उल्टाउन थालेका छन् । पहिलो चरणमा १५ कर्मचारीको समयोजन संशोधन भन्दै उल्टाइएको छ ।

खरिदारदेखि अधिकृतसम्मको समायोजना संशोधन गरिएको सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीले जानकारी दिए। पूर्वाधार विकास कार्यालय रुकुमका सब इन्जिनियर विश्राम पुन मगरलाई कर्णाली प्रदेश गरिएको समायोजन संशोधन गरिएको छ ।

यातायात व्यवस्था कार्यालय सगरमाथा सिराहाबाट प्रदेश-१ मा समायोजन गरिएका अधिकृत (छैठौं) को यमनाथ बरालको समायोजन उल्टाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकृत कुमार न्यौपाने र प्रदेश योजना कार्यालय विराटनगरकी नायब सुब्बा उमा बन्जाराको समायोजन संशोधन भएको छ। उनीहरुलाई प्रदेश १ मा समायोजन गरिएको थियो।

हेटौंडा उपमहानगरपालिका मकवानपुरका नासु जय राम रुपाखेतीको बागमती प्रदेशमा गरिएको समायोजन सच्याइएको छ। मायादेवी गाउँपालिका, कपिलवस्तुका नासुलाई सोही गाउँपालिकामा समायोजन गरिएको थियो। त्यो पनि उल्टाइएको छ। उमाकुण्ड गाउँपालिका रामेछापका खरिदार केशरबहादुर खत्रीको समायोजन संशोधन गरिएका मन्त्रालयले जनाएको छ।

उनलाई उमाकुण्ड गाउँपालिकामा नै समायोजन गरिएको थियो । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका खरिदार प्रकाशकुमार केसीको बैजनाथ गाउँपालिका बाँकेमा समायोजन गरिएको थियो।

केसीको समायोजन पनि सच्याइएको छ। मेचीनगर नगरपालिका, झापाका खरिदार राजेन्द्र प्याकुरेललाई सोही नगरपालिकामा समायोजन गरिएको थियो।

उनको समायोजन पनि संशोधन भएको छ। मालपोत कार्यालय सक्रान्तीबजार, तेह्रथुमका खरिदार सन्दिप न्यौपानेलाई प्रदेश १ मा समायोजन गरिएको थियो। त्यो पनि उल्टाइएको छ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय, धनकुटा (फाजिल) पम्प मेकानिक रामप्रसाद पराजुलीको विराटनगर महानगरपालिका मोरङमा समायोजन भएको थियो। फेरी उनलाई फाजिलमा नै राखिएको छ।

यातायात व्यवस्था कार्यालय ललितपुर (फाजिल) टाइपिस्ट नासु रबिन्द्र श्रेष्ठ चन्द्रागिरी नगरपालिका, काठमाडौमा समायोजन गरिएको थियो।पुन स् टाइपिस्ट श्रेष्ठलाई फाजिलमा नै राखिएको छ। यातायात व्यवस्था कार्यालय, नारायणी पर्साका खरिदार प्रविण गुरागाईलाई प्रदेश १ मा गरिएको समायोजन पनि संशोधन भएको छ।

तिरहुत गाउँपिलका सप्तरी सब इन्जिनियर जागेश्वर मण्डलको सोही गाउँपिलकामा भएको समायोजन पनि संशोधन भएको छ। सहिदभुमि गाउँपालिका धनकुटाकी सहायक महिला विकास निरीक्षक चन्द्रकला पाण्डेको धनकुटा नगरपालिकामा भएको समायोजन पनि सच्याइएको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ ।

वि.सं.२०७७ वैशाख २९ सोमवार ०७:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...