back
NMB ad

देशभर कोरोना भाइरसको ७८ हजार ५९१ परीक्षण

Kumari bank ad

काठमाडौं । देशभर कोरोना भाइरसको ७८ हजार ५ सय ९१ परीक्षण गरिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।

त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर १८ हजार ९ सय ६४ पीसीआर र ५९ हजार ६ सय २७ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय २७ नमुना परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १२ हजार ७ सय ८५ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या २ सय २८ रहेको छ । जसमध्ये उपत्यकामा १ जना र उपत्यका बाहिर २ सय २७ जना रहेका छन् ।

त्यस्तैगरी मंगलबारसम्म देशभर संक्रमितको संख्या १ सय ९१ पुगेको छ । मंगलबार मात्रै थप ५७ जनामा संक्रमण पुष्टि भएको छ । कूल संक्रमितमध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ ।

घर फर्किएका कूल ३३ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १६:३६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...