काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आजै बिहान २ पटक सार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनः सच्याएको छ ।
मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो। तर उक्त सूचनामा दोस्रो पटक ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै मन्त्रालयले त्रुटि सच्याएको छ ।
वि.सं.२०७७ जेठ १ बिहीवार १०:२६ मा प्रकाशित