back
NMB ad

उच्च जोखिममा काठमाडौं उपत्यका : सबै उमेर समूह खतरामा, संक्रमित बढ्ने निश्चित !

Kumari bank ad

काठमाडौं । वैशाख ३० गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो । ६ वर्षीया ती बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका चिकित्सकलगायत ३६ जनाभन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार, ती बालिकालाई गणेशमान भवनमा सारी आइसोलेसन क्याबिनमा उपचार भइरहेको छ ।

कपिलवस्तुकी ती बालिकाको सम्पर्कमा आएका सबैको स्वाब (पीसीआर) परीक्षण गरिने भएको छ। कपिलवस्तुकी ती बालिकामा घाँटी दुखेको समस्या लिएर आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

गत २९ वैशाखमा सुनसरीको झुम्काबाट भक्तपुर आएकी युवतीमा कोरोनाको संक्रमण पाइयो। आरोग्य फाउन्डेसनमा कार्यरत ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

२९ वैशाखमै कन्चनपुरबाट काठमाडौं आएकी काठमाडौं चन्द्रागिरिकी महिलाको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार काठमाडौंका ३२ वर्षीय युवामा पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ।

चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ। पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ।’

सबै उमेर समूह खतरामा स्डा. देवकोटा

प्रवक्ता डा. देवकोटाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन्। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. देवकोटाले सचेत रहन आग्रह गरेका हुन्। ‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्। सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा. देवकोटोले भने।

उनका अनुसार हालसम्म संक्रमितको संख्या २ सय ४६ पुगेको छ। यसमा एक सय ९८ पुरुष, ४८ महिला छन्। संक्रमितमध्ये ३५ जना निको भएपछि घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

द्रुत परीक्षण किट आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो। अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन्। आइसोलेसनमा उपत्यकामा ६ र उपत्यकाबाहिर २ सय ६६ गरेर कुल २ सय ७२ व्यक्ति छन्।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न घोषित लकडाउनको उल्लंघन गर्दै उपत्यका छिर्ने क्रम बढेसँगै संक्रमितको संख्यामा वृद्धि भएको छ। तुलनात्मक सुरक्षित ठानिएको काठमाडौं उपत्यको संक्रमणको चपेटामा परेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्।

परीक्षणको दायरा बढाऊ: सर्वोच्च

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार पीसीआर परीक्षणको दायरा विस्तार गर्न अन्तरिम आदेश दिएको छ।

हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आमनागरिकको जीवन रक्षा गर्नुपर्ने भएकाले तत्काल पीसीआरको परीक्षण दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश दिएको हो। अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार ०७:३७ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...