back
NMB ad

अदुवाबाट डेढ अर्ब आम्दानी

Kumari bank ad

इलाम ।  जिल्लामा यस वर्ष डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा उत्पादन भई प्रतिमन रु.एक हजार तीन सय ५० ले बिक्री भएको छ। अदुवा बिक्रीबाट जिल्लामा रु एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५ सय भित्रिएको छ।

चौंसाठी हजार पाँच घरघुरी रहेको इलाममा ३२ प्रतिशत परिवारले अदुवा खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए। तीन हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो।

गत वर्षको तुलनामा एक सय मेट्रिक टन अदुवा उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। यो वर्ष प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो।

गत वर्षभन्दा उत्पादन बढेपनि मूल्य घटेकाले आम्दानी घटेको छ । गतवर्ष तीन अर्ब बराबरको अदुवा विक्री भएको काफ्ले बताउँछन्। कार्यालयका अनुसार गतवर्षको तुलनामा अदुवाको मूल्यमा ६२ प्रतिशतले कमी आएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आव २०७१–०७२ मा  दुई करोड ४५ लाखको ४८ हजार ६५७ किलो अदुवा निकासी भएको थियो।

प्रकाशितः २०७३ वैशाख ११

वि.सं.२०७३ वैशाख ११ शनिवार १४:५७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...