back
NMB ad

कोरोनाबाट तीन नेपालीको मृत्यु, साउदीमा ६७४ नेपाली संक्रमित, बहराइनमा कति ?

Kumari bank ad

काठमाडौं । नेपालका कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट दुई जनाको ज्यान गइसकेका बेला प्रवासमा रहेका नेपाली पनि उतिकै समस्यामा छन् ।

नेपालीको श्रम गन्तव्य मुलुक साउदीको जेद्दा क्षेत्रमा तीन नेपालीको कोरोना भाइरस संक्रमका कारण ज्यान गएको छ । साउदी सरकारका अनुसार साउदीको जेद्दा र जजानलगायतका क्षेत्रमा गरी १४८ नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

साउदीको सबै क्षेत्रमा गरी ६७४ नेपालीलाई कोरोना संक्रमण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ । त्यस क्षेत्रमा संक्रमितमध्ये ३३ जना निको भएको महावाणिज्यदूतावासका कार्यवहाक महावाणिज्यदूत रेवती पौडेलले जानकारी दिएका छन् ।

साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये २३ हजार ६६६ जना निको भएका छन् भने २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । ३०२ जनाको ज्यान गएको छ ।

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ पुग्यो

यता बहराइनमा थप ८६ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ पुगेको त्यहाँस्थित नेपाली दूतवासले जनाएको छ ।

यसअघि बहराइनमा २४५ जना नेपालीमा कोराना संक्रमण देखिएको थियो । संक्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ ।बहराइनमा अहिलेसम्म ६ हजार ७४७ जनामा कोरोना संक्रमण देखिएकोमा २७ सय ६२ जना निको भएका छन् । तर सङ्क्रमितमध्ये कति नेपाली निको भए भन्ने विवरण भने खुलाइएको छैन । बहराइनमा १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार ०७:५८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...