back
NMB ad

झापामा २७ जनामा कोरोना सङ्क्रमण

Kumari bank ad

भद्रपुर । झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।

भारतका विभिन्न स्थानबाट मङ्गलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका मङ्गलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो ।

त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको आज बिहान विज्ञप्ति जारी गरी मन्त्रालय जनाएको छ ।

यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा सङ्क्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ ।

भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टिनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यहाँको काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको सङ्ख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा प्रदेशको ‘डेन्जरजोन’मा परेको हो । विर्तामोड नगरपालिकाले कोरोना भाइसकको सङ्क्रमण फैलिन नदिन आज राति १२ बजेदेखि नगर सबै नाका सिल गर्ने भएको छ । रासस

वि.सं.२०७७ जेठ ८ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...