जनकपुर । प्रदेश २ मा सोमबार एकै दिन ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये धनुषाका ३, रौतहटका २६, सप्तरीका २, पर्साका १ र बाराका २४ जना छन् ।
योसँगै प्रदेशमा संक्रमितको संख्या २ सय १ पुगेको छ । सोमबार थपिएका संक्रमितमध्ये ४ जना प्रहरीसमेत छन् । बारामा प्रहरी निरीक्षक र जवान तथा धनुषामा असई र जवानमा संक्रमण पुष्टि भएको हो ।
वि.सं.२०७७ जेठ १३ मंगलवार ०९:२८ मा प्रकाशित