back
NMB ad

युद्धका लागि तयार रहन चीनले दियो यस्तो निर्देशन !

Kumari bank ad

एजेन्सी । चिनले आफ्ना सुरक्षाबलहरूलाई सैनिकहरूको तालिम बलियो बनाउन तथा युद्धका लागि तयार रहन निर्देशन दिएको छ ।

राष्ट्रपति सी चिनफिङले सेनालाई खराब परिस्थितिको सामना गर्नका लागि तयार रहन, तालिमको स्तरोन्नति गर्न, सबै जटिल स्थितिलाई तत्काल र प्रभावकारी रूपमा हल गर्न अनि राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकासलाई दृढतापूर्वक प्रतिरक्षा गर्न आदेश दिएका छन् ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, देशको समग्र रणनीतिक स्थिरताका लागि सीले सेनालाई आदेश दिएका हुन् । अमेरिकासँग तनावको स्थिति, भारतसँग सीमा विवाद, ताइवानका विषयमा चिनियाँ नेताहरूको आक्रामक अभिव्यक्ति र हङकङमा विरोध प्रदर्शनहरू पुनः चर्किएको बेलामा चिनियाँ राष्ट्रपतिको निर्देशन आएको हो ।

दक्षिण चीन समुद्रको विवादित स्थानमा अनि ताइवान जलप्रपातमा अमेरिकी जलसेनाले गश्ती बढाइरहेको छ । त्यसमाथि वाशिङटन र बेइजिङ कोरोनाभाइरसको उत्पत्तिका विषयमा शाब्दिक युद्धमा व्यस्त छन् ।

पाँच दिनअघि चीनले आफ्नो रक्षा बजेट ६.६ प्रतिशतले बढाएर १७९ अर्ब डलर र्पुयाएको छ । राष्ट्रपति बनेदेखि नै सीले चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिँदै आएका छन् ।

वि.सं.२०७७ जेठ १४ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...