back
NMB ad

कोरोना, एचआइभी र डेंगुको भाइरसको एउटै औषधी बनाउँदै !

Kumari bank ad

एजेन्सी । सँसारभर महामारी बनेको कोरोना भाइरसले भयावह अवस्था बनाइसकेको छ । त्यसअघि नै पत्ता लागेको एचआइभी अर्को प्राणघातक रोग हो ।

यी दुवैको औषधी पत्ता लागेको छैन । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको पनि खोप पत्ता लागेको छैन । तीनवटै रोगको एउटै औषधी बनाउन वैज्ञानिकहरु लागिपरेको खुलेको छ ।

अमेरिका र चीनका वैज्ञानिकहरुले एउटै औषधीबाट तीन बटा खतरनाक भाइरसलाई निष्क्रिय गर्न सक्ने औषधी निर्माणको अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानकर्ताहरुले यसमा सफलता हासिल गर्न सक्ने आशा गरेका छन् । अनुसन्धान सफल भएमा उक्त औषधीमा पाइने ब्राँड स्पेक्ट्रम लिपेसको मद्दतले भाइरसलाई निष्क्रिय गर्न सक्ने जनाइएको छ । संक्रमित शरीरमा औषधीले जीवाणु स्रावित पोटीनको विकास गरेर भाइरसलाई निष्क्रिय बनाउन सक्ने दाबी अनुसन्धाकर्ताको रहेको छ ।

कोरोना भाइरसको खोप निर्माणमा लागिरहेको रकम र लामो क्लीनीकल परिक्षणलाई औषधी निर्माण भएपछि आवश्यक नरहेको जनाइएको छ । ब्रोँड स्पेक्ट्रम एन्टीभाइरल औषधी घातक रोगविरुद्व लड्न प्रभावकारी हुन वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् । ब्रोँड स्पेक्ट्रम अनुसन्धानकर्ताहरुले लामखुट्टेको पेटबाट पत्ता लगाएको जनाइएको छ ।

लामखुट्टेको पेटको ब्रोँड स्पेक्ट्रम विषयलाई अनुसन्धान गर्ने क्रममा त्यसबाट निस्केको प्रोटीनले लिपेस नामको एन्टीभाइरल उत्पादन गर्ने गर्दछ । जसले कोरोना भाइरस, डेंगु र एचआईभीको प्रभावलाई निष्क्रिय पार्न सक्ने वैज्ञानिहरुको दाबी रहेको छ । उक्त औषधी भने अहिले अनुसन्धानको क्रममा रहेको छ । वेज्ञानिकहरुले औषधीको साकारात्मक सन्देश दिएका छन् ।

वि.सं.२०७७ जेठ १४ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...