back
NMB ad

थप ७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६२ पुग्यो

Kumari bank ad

काठमाडौं । प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालाका अनुसार नयाँ संक्रमितमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ६२ जना पुगेको छ । जसमध्ये १ सय ८३ व्यक्ति निको हुँदा ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यसैगरि स्याङ्जाको वालिङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका २ जना पुरुष तथा ३९ वर्षकी महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । संक्रमित तीनै ३ जनालाई सदरमुकामस्थित सरकारी अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

वि.सं.२०७७ जेठ १५ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...