back
NMB ad

रुसले आगामी हप्तादेखि कोरोना भाइरसको औषधि बाड्दै

Kumari bank ad

एजेन्सी । आगामी हप्तादेखि रुसले कोभिड–१९ का बिरामीहरुको उपचारका लागि एभिफाभिर नामक एन्टिभाइरल औषधीको प्रयोग गर्ने भएको छ ।

यसले महामारीका कारण रुसी स्वास्थ्य प्रणालीमा पारेको दबाब कम हुने र आर्थिक जीवन चाँडै नै सामान्य स्तरमा फर्किने आशा बढाएको छ।  जुन ११ देखि रुसी अस्पतालहरुले बिरामीलाई एभिफाभिर दिन सक्ने एक अन्तर्वार्तामा रुसको आरडीआईएफ सार्वभौम सम्पत्ति कोषका प्रमुख किरिल डिमिट्रिभले बताएका छन् ।

औषधि बनाउने कम्पनीले एक महीनामा करीब ६० हजार मानिसको उपचार गर्न पर्याप्त हुने औषधि उत्पादन गर्ने बताइएको छ । अहिलेसम्म कोभिड–१९ विरुद्ध कुनै खोप बनेको छैन । विभिन्न खोप र औषधिबारे भइरहेको मानव परीक्षण प्रभावकरी भइसकेका छैनन् ।

अमेरिकी औषधि निर्माता कम्पनी गिलियाडले बनाएको रेम्देसिभिर नामक औषधि कोभिड–१९ विरुद्ध प्रभावकारी देखिएको छ र केही देशमा बिरामीलाई यो औषधि दिन पनि थालिएको छ ।

एभिफाभिरको विकास सन् १९९० को अन्त्यतिर एक जापानी कम्पनीले गरेको हो । रुसी वैज्ञानिकहरुले यो औषधि परिमार्जन गरेको र आगामी २ हप्ता भित्रै परिमार्जनसम्बन्धी विस्तृृत विवरणहरु सार्वजनिक गरिने डिमिट्रिभले बताएका छन् ।

जापानले पनि यही औषधिमा परीक्षण गरिरहेको छ । तर अहिलेसम्म यसलाई त्यहाँ प्रयोगको अनुमति भने दिइएको छैन । अभिफाभिर शनिवार रुस सरकारले प्रयोगका लागि अनुमति दिएको औषधिको सूचिमा आएको हो ।

३३० जनामा औषधिको क्लिनिकल परीक्षण गरिएको र यसले चार दिनभित्रै रोगको उपचार भएको देखाएको डिमिट्रिभले बताए । परीक्षण एक हप्ताभित्र सम्पन्न हुने भएपनि स्वास्थ्य मन्त्रालयले विशेष प्रक्रियाअन्तर्गत यसलाई अगाडि नै अनुमोदन गरेको र औषधिको उत्पादन मार्चमै शुरु भएको बताइएको छ ।

रुसले औषधि परिमार्जन गर्नु भन्दा अगाडि नै जापानले यो औषधिमा परीक्षण गरेकोले रुसमा यसलाई चाँडै अनुमति दिइएको डिभिट्रिभको भनाइ छ ।

वि.सं.२०७७ जेठ १९ सोमवार १९:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...