back
NMB ad

भोलिदेखि सबै पसल खुला गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएका छन्। सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको संघले जनाएको छ। दुई महिना लामो बन्दाबन्दीपछि सरकारले निजी क्षेत्रलाई राहतका प्याकेजहरु दिन नसकेको भन्दै पसलह खोल्ने निर्णय गरेको हो ।

‘दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण धराशायी हुने अवस्थामा पुगेको निजी क्षेत्रलाई सरकारले राहतका प्याकेजहरु घोषणा गर्छ कि भन्ने निजी क्षेत्रको अपेक्षालाई सरकारले पूर्ण रुपमा उपेक्षा गरिदिएको छ,’ संघका अध्यक्ष धनबहादुर रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारको अकर्मण्यता र वेवास्ताबाट प्रताडित भइसकेको अवस्थामा पसलहरु सञ्चालनमा ल्याउने बाध्यात्मक निष्कर्षमा पुगेका छौँ ।’

निजी क्षेत्रले भोग्नुपरिरहेको कठिनाइलाई पूर्ण रुपमा बेवास्ता गर्दै हालसम्मको सहनशिलता र धैर्यतालाई कमजोर ठानेको, बजेटमार्फत् राहतका प्याकेजहरु ल्याउन नसकेको र लकडाउन थप्नेबाहेक कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी प्रयास नगरेको भन्दै पसलहरु खोल्न बाध्य भएको संघले जनाएको छ ।

‘विकल्प बिहीन बनाइएको बन्दाबन्दीलाई थप समय थेग्न सक्ने अवस्था र संयमता अब निजी क्षेत्रमा छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘बन्दाबन्दीको जोखिमपूर्ण अवस्थामा निजी क्षेत्रले अत्यावश्यक बस्तुको आपूर्ति सहज बनाउँदा पनि सरकारले निजी क्षेत्रको जर्जर अवस्थालाई नजरअन्दाज गर्दा हामी निकै दुःखी भएका छौँ ।’

वि.सं.२०७७ जेठ २० मंगलवार १७:१४ मा प्रकाशित

You can share this post!

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...