back
NMB ad

एक हप्तामै थपिए १३ सय कोरोना संक्रमित

Kumari bank ad

काठमाडौं । गत साता नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७८३ रहेकोमा सो संख्या आज अपरान्हसम्म २ हजार ९९ पुगको छ । यो हेर्दा संक्रमित संख्या एक हप्तामै एक हजार ३ सय १६ जना बढेको छ। अर्थात एक हप्तामै संक्रमितको संख्या दोब्बर बढी छ।

आज मात्र २८८ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च वृद्धिदर हो। नेपालमा पहिलोपटक माघ ९ गते चीनबाट आएका एक युवकमा संक्रमण पुष्टि भएको थियो।

त्यसपछि चैतको १० गते फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा दोस्रो संक्रमण देखियो। त्यसलगत्तै लकडाउनमा गएको नेपालमा विस्तारै फाट्टफुट्ट संक्रमण फेला पर्दै गयो।

पछिल्लो समय भने भारतबाट ठूलो संख्यामा मानिस आएको र परीक्षण दायरा पनि बढाउँदा संक्रमित संख्या ह्वात्तै बढेको छ। पहिले दैनिक औसत ५ सयको परीक्षण हुँदै आएकोमा अहिले एकै दिन ३ हजार बढीको परीक्षण हुँदै आएको छ।

गत सातायता दैनिक २ सय बढीले संक्रमित संख्या थपिँदै गएको छ। यो संख्या अझैं बढ्ने अनुमान गरिएको छ। अझैं पनि धेरै मानिसहरूको स्वाब परीक्षण गर्न बाँकी छ।

देशभर रहेका २० वटा प्रयोगशालाले समेत नमूना समयमै परीक्षण गर्न भ्याएका छैनन्। अहिले पनि ५ हजार बढी स्वाबहरू परीक्षणका लागि लाइनमा छन्।

भारतबाट आएका सुदूरपश्चिमका ४० हजार बढी मानिसको पिसिआर परीक्षण गरिएको छैन। उनीहरूको आरडिटी गरेर घर पठाउने तयारी गरिएको छ। परीक्षण चाप बढिरहेको बेला सरकारले आवश्यक किट र पिसिआर मेसिनको अभाव झेलिरहेको छ।

आज संक्रमित संख्या २ हजार नाघेसँगै सरकारले थप नयाँ संक्रमितलाई लक्षणका आधारमा अस्पताल भर्ना गर्ने तयारी गरेको छ। कार्य्दिशा अनुसार सरकारले संक्रमित संख्या ५ हजार नाघेमा सामान्य लक्षण देखिएकालाई समेत घरमै आइसोलेसनमा राख्ने तयारी गरेको छ।

साथै भारतबाट अझैं ठूलो संख्यामा मानिसहरू आउन बाँकी रहेको र सरकारले तेस्रो मुलुकमा रहेका आफ्ना नागरिकलाई समेत ल्याउन लागेकाले संक्रमित संख्या अझैं बढ्ने निश्चित छ। -सेतोपाटीबाट

वि.सं.२०७७ जेठ २० मंगलवार १७:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...