back
NMB ad

लकडाउन खुकुलो बनाउने निर्णय : विद्युतीय सामग्री, स्टेशनरी तथा फेन्सी पसल खुल्ने

Kumari bank ad

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले अत्यावश्यक वस्तुको व्यापार तथा व्यवसायलाई सहज बनाउने भएको छ ।

नगरपालिका, कोभिड–१९ महामारी रोकथाम लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिको आजको बैठकले मानिसको दैनिक जीवनयापन सहज बनाउन अत्यावश्यक वस्तुको व्यापार र ओसारपसार सहज बनाउने निर्णय गरेको हो ।

बैठकले विकासनिर्माणका सामग्रीको खरीदबिक्री सामाजिक दूरी कायम गरी खुला गर्ने निर्णय गरेको छ । अत्यावश्यकबाहेकका फेन्सी, कपडा, स्टेशनरी र विद्युतीय सामग्रीको खरीदबिक्री बिहान १० बजेसम्म खोल्ने बताइएको छ ।

त्यस्तै नगरभित्र काम गर्ने कामदार, मर्मतसम्भार कार्यकर्ता र मिस्त्रीलाई साइकल र मोटरसाइकलमा हिँड्न दिने व्यवस्था गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए ।

उनका अनुसार हरेक पसलमा हात धुने व्यवस्था, स्यानिटाइजर, सामाजिक दूरी रेखासहित घेरा बनाई अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्दिर, चर्च, मस्जिद, मेला, भोज, पार्टी, जात्रालगायत कार्य भने पूर्ण बन्द गरेको सो बैठकले नगरपालिकामा सञ्चालित ब्युटीपार्लर, सैलुन, होटल, रेष्टुँरा, जिमखाना र क्लब खोल्न नपाइने निर्णय गरेको छ । सामूहिक हाट र सडक व्यापार जस्ता भीड हुने स्थल बन्द गर्ने नगरपालिकाले जनाएको छ।

बैठकले नगरमा स्थायी वा अस्थायी बसोबास गर्ने र विदेशमा अध्ययन, रोजगार तथा अन्य कामले रहेका व्यक्तिबारे सही विवरण बुझाउन र नगरपालिकाले तयार गरेको डिजिटल फाराम भर्न सम्बन्धित परिवारमा आग्रह गरेको छ ।

वि.सं.२०७७ जेठ २० मंगलवार २०:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...