back
NMB ad

एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Kumari bank ad

जनकपुरधाम । प्रदेश २ सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको कर्मचारीमा कोरोना संक्रमण पुष्टी भेटिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएको हो।

कार्यालयका सूचना अधिकारी श्रवण नायकका अनुसार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको जेठ ११ गते स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा १ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोना पोजिटिभ आएकी महिला कर्मचारीलाई प्रादेशिक अस्पताल जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा भर्ना गराइएको छ। ‘उहाँलाई भर्ना गराइएपछि कार्यालयलाई पूर्णरुपले स्यानिटाइज गरेर डिसइन्फेक्ट गरेर क्वारेन्टाइनमा रुपान्तरण गरी कार्यालय सञ्चालन गर्दै आएका छौं,’ सूचना अधिकारी नायकले भने, ‘त्यस दिनदेखि हामी सबै कर्मचारी आ–आफ्नो घर नगएर कार्यालयमा नै बस्ने गरेका छौं।’

कार्यालयमा कार्यरत ११ जना कर्मचारी कार्यालयको कार्यकक्ष तथा हलमा नै सुत्ने गरेका छन्। कार्यालयमा नै खाना पकाएर खाने गरेका छन्। ‘अन्य कार्यालय भएको भए शिलबन्द गरेर आ–आफ्नो घरमा नै क्वारेन्टाइन हुँदा पनि हुन्थ्यो, तर हामीले आफ्नो कार्यालय बन्द गरे प्रदेशका ८ वटै जिल्लाका अस्पताल, आइसोलेसन, क्वारेन्टीन, स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामग्रीको आपूर्ति नै ठप्प हुन्छ,’ नायकले भने।

केन्द्रले आठै जिल्लाबाट आउने निकायलाई स्वास्थ्य सामग्री नियमित रुपमा आपूर्ति जारी राखेको उनले बताए। स्वास्थ्य निकायलाई पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), सर्जिकल मास्क, एन ९५ मास्क, ग्लोब्स, स्यानिटाइजर तथा प्रयोगशालाका लागि कोरोना परीक्षण गर्ने किट, केमिकल रिएजेन्ट लगायतका सामग्री आपूर्ति गर्ने गरिएको उनले बताए। -अन्नपूर्ण पोष्ट अनलाइनबाट

वि.सं.२०७७ जेठ २३ शुक्रवार १८:४१ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१७

काठमाडौँ, १५ जेठ : सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा...

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१४

काठमाडौँ, १५ जेठ : सरकारले स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता...