back
NMB ad

सीडीओका सवारी चालकलाई कोरोना संक्रमण, स्थानीयमा त्रास

Kumari bank ad

गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ। कार्यालकै क्वाटरमा बस्दै आएका उनलाई भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ पाइएको हो।

बर्दियाबाट भर्खर मन्त्रालय सरुवा भएका प्रमुख जिल्ला अधिकारीलाई पु¥याउन जाँदासँगै स्वाब परीक्षण गराउने क्रममा प्रजिअको नतिजा नेगेटिभ र चालकको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए। प्रजिअकै सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय लगायत स्थानीयमा त्रास फैलिएको छ ।

भर्खर बर्दिया आएका नयाँ प्रमुख जिल्ला अधिकारीबाट सोही सवारीको प्रयोग हुँदै आएको थियो। स्वास्थ्य कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालयका नयाँ प्रमुख जिल्ला अधिकारीसहित कार्यालयमा कार्यरत १७ जना कर्मचारीको नमुना स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको निरिक्षक चौधरीले जानकारी दिए । कार्यालयका सबै कर्मचारी होम क्वारेन्टाइनमा छन्। उनले भने ’हामीले संक्रमितबाट कन्ट्रयाक हिस्ट्री लिँदैछौ, आवस्यक परे परीक्षणको दायरा बढाउँछौ।’

’स्वास्थ्य कार्यालयको भीटीएम तथा आरडीटी किट लगायतका सामाग्री ल्याउने गरेका उनलाई सोही क्रममा तथा प्रजिअसँगै क्वारेन्टाइनहरुमा जाँदा वा अन्य कुन कारणले संक्रमण भएको हो, हामी पत्ता लगाउँदैछौ।’ उनले थपे, ’उहाँको को–कोसँग सम्पर्क भयो खोजी हुँदैछ। संक्रमित भेटिएपनि समुदायमा डराउनुपर्ने कुनै अवस्था छैन।’

नयाँ प्रमुख जिल्ला अधिकारी बर्दिया आइसकेपछि आयोजना गरिएको पत्रकार परिचयात्मक कार्यक्रममा पुगेका जिल्लास्थित केही पत्रकारहरुले पनि आफूहरुलाई शंकाको घेरामा राखेका छन्। कार्यक्रममा सहभागी पत्रकारहरुको स्वाबको नमुना लिई तत्काल परीक्षणको व्यवस्था गर्नुपर्ने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताए। महामारीका बेला सजग र संयमित भै कार्यक्षेत्रमा काम गर्न सम्पूर्ण पत्रकारहरुलाई अध्यक्ष धितालले अनुरोध गरेका छन्।

जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै स्थानीय प्रशासनले कडाई गरेको छ। सदरमुकाम गुलरियास्थित प्रशशसन कार्यालय रहेको वडा नम्वर ६ मा कडाई गरिएको छ। अत्यावस्यक सेवा बाहेकका सवारी साधनको आवागमन बन्द गरिएको छ।

शनिबार बर्दियामा एकैदिन २८ जनामा कोरोना पुष्टि भएको छ। जिल्लामै स्वाब परीक्षण गरिएकामध्ये बर्दियामा संक्रमितको संख्या ४० पुगेको छ। जिल्ला बाहिर बस्दै आएका बर्दियाका स्थानीयहरुमा समेत परीक्षणका क्रममा कोरोना संक्रमण पाइएको छ। अन्न्पूर्ण पोष्टबाट

वि.सं.२०७७ जेठ २५ आइतवार १०:५४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...