back
NMB ad

भोलि नेकपा सचिवालय बैठक बस्ने : एमसीसीबारे छलफल हुने

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार बस्ने भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सोमबार दिउँसो ४ बजेका लागि बैठक बोलाउनुभएको हो ।

सचिवालय बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल हुँदैछ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा हुनुहुन्छ । प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन्।

एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए । कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।

वि.सं.२०७७ जेठ २५ आइतवार १४:३५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...