back
NMB ad

यातायात कोशीका तत्कालिन चार प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा

Kumari bank ad

काठमाडौं । यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो।

तत्कालिन कार्यालय प्रमुख नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया, भुपेन्द्र राईसमेत उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार, लम्सालविरुद्ध ३ करोड ३० लाख हजार , थपलिया १ करोड ३० लाख ७२ हजार, राईविरुद्ध ५६ लाख १२ हजार विगो कायम गरिएको छ।

तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी, तत्कालीन लेखापाल सुरेश अधिकारी, तत्कालीन लेखापाल रुद्र प्रसाद दाहाल,तत्कालीन लेखापाल अर्जुन भट्टराई,तत्कालीन लेखापाल कृष्ण प्रसाद कट्टेल, कम्प्युटर अपरेटर (करार) सुजन राईलाई प्रतिवादी बनाइएको छ।

फोकस वान नेपाल प्रा.लिका कम्प्युटर अपरेटरहरु राकेश रोशन मस्र्याङ्ग्री मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुङ्गेल, दिपेन्द्र कुमार मण्डल, मैया कुमारी चापागाई, रविन कुमार विश्वासलाई अख्तियारले प्रतिवादी बनाएको छ।

२०७३÷०७४ को २०७३ चैत्रदेखि २०७४ आषाढ मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचनासमेतका आधारमा सेवाग्राहीहबाट संकलित राजस्व प्रचलित कानून बमोजिम सम्न्धिबत राजस्व खातामा दाखिला नगराई राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पु¥याएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागसहित विशेष अदालत आरोप९पत्र दायर गरिएको छ।

वि.सं.२०७७ जेठ २५ आइतवार १५:२७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...