back
NMB ad

ब्यारेकमै कुटाकुट

Kumari bank ad

काठमाडौं । सिमाना सुरक्षामा तैनाथ सशस्त्र प्रहरीका अर्का हाकिम सिपाहीको पिटाइले घाइते भएका छन् । अघिल्लो महिना कपिलवस्तुमा डिएसपी मानबहादुर शाही इन्स्पेक्टर भट्टराईबाट पिटिएको कार्वाही नटुङ्गिदै त्यही क्रमको अर्को श्रृंखला देखिएको छ कैलालीमा ।

जेठ २२ गते बिहीबार साँझ साढे आठ बजेतिर कैलालीको भारतीय सीमावर्ती नाका भुइयाफाँटा बिओपीमातहत अस्थायी चेकपोस्ट बड्किपलिघाटमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीहरु आफूआफैँमा कुटाकुट गर्दा एकजना सई र पाँच सिपाही सख्त घाइते भएका हुन् ।

कोरोना संक्रमणका कारण सीमा कडाइ गरिने क्रममा कैलालीका गौरीफन्टा, त्रिनगरसहितका सानातिना नाकामा त्यहाँस्थित बिओपीबाट विभिन्न दर्जाको कमाण्डमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

त्यसमध्ये सईको कमाण्डमा १२ जनाको टुकडी खटाइएको उक्त नाकामा तैनाथ सशस्त्र कर्मचारीबीच बिदामा गएको बेलाको राशनसमेत खाइदिएको मुध्दालाई लिएर भएको वादविवादपछि बिहीबार झडप भएको थियो ।

आफूहरु छुट्टीमा गएको समयको राशन कमाण्डरका रुपमा रहेका सई रामबहादुर टेर र हवल्दार दौलतसिङ्ह धामीले खाइदिएको भन्दै दुईजना सिपाही जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले बाहिरबाट मापसे गरी फर्केर राति आफ्ना कमाण्डरमाथि भान्छाबाट लखेट्दै दाउराको चिर्पटले हानेको र पोस्ट ड्युटीमा तैनाथ जवानले बोकेको हतियार खोस्न पुगेको आरोप छ ।

सो दिनको घटनामा सहायक हवल्दार हिमाल तारामी मगर,पुरन मगर,शिवराज सुनार,दिपकबहादुर बुढा र चित्रबहादुर थापा पनि घाइते भएका छन् । आक्रमणकारी सिपाहीद्वयले सबलाई भागाभाग बनाएपछि छोटकिपलियाबाट असइ दानसिङ्ह बोहोरा र ३४ नम्बर गण हेडक्वार्टरबाट आएका डिएसपी अम्मरबहादुर ऐरको टोलीले उनीहरुलाई अर्धनग्न अवस्थामा पोस्टपछाडिको झाडी र रोडबाट नियन्त्रणमा लिएको थियो ! सई कराएपछि उनलाई बचाउन अन्य दर्जाका सशस्त्र प्रहरी त्यहाँ पुगे । तर,बचाउन गएकाहरु नै कुटिए ।

त्यसमध्ये आक्रमणकारी दुई सिपाहीले पेस्तोलसहित सईको सुरक्षाका लागि पुगेका अर्का सिपाहीबाट पेस्तोल खोस्न खोजेका थिए । तर, पेस्तोल बोकेका सिपाही भाग्नाले पेस्तोल खोसिएन र थप क्षति हुन पाएन ।

यसबारे छानवीन गर्न सशस्त्र प्रहरी मुख्यालय हलचोकको टोली कैलाली पुगिसकेको छ । सरुवा नेताले भनेर हुने, बढुवा पनि त्यतैबाट भनेपछि हुने कारण सशस्त्र प्रहरीभित्र अनुशासनहीनता मौलाएको बताइन्छ । -जनआस्थाबाट

वि.सं.२०७७ जेठ २५ आइतवार २१:२१ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...