back
NMB ad

जागीरबाट हटाइएपछि अस्पतालका कर्मचारीले लगाए आफ्नै जिउमा आगो

Kumari bank ad

अछाम । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

उनको हेलिकप्टरमार्फत थप उपचारको लागि नेपालगञ्ज लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले बताए ।आउजीका एक छोरा र एक छोरी छन् । केहि हप्ता अगाडि अस्पतालले हटाएका ३३ जना कर्मचारीमा उनी सफाईको काम गर्दथे ।

आर्थिक संकट परेको भन्दै उनीसहित ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिद्धार्थ तनावमा रहेको उनीजस्तै हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए ।

‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ सरसफाईको काम गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी थियो । हामी काम गर्न अस्पताल गयौं’ उनले भने । ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’

महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनले बताए । अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।

वि.सं.२०७७ जेठ २६ सोमवार १२:३१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...