back
NMB ad

यी हुन् शेयर मूल्य घटेका २३ लघुवित्त कम्पनी, कुनको कति घट्यो ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । वैशाखमा भएको दुई दिनको शेयर कारोबारमा २३ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य घटेको छ । चैत महीनाको अन्तिम कारोबार दिनको तुलनामा वैशाख महीनामा ५० ओटा मध्ये २३ ओटा लघुवित्त कम्पनीहरुको शेयरमूल्य घटेको हो ।

लकडाउनका बीच दुई दिन खुलेको बजारमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य घटेको थियो । वैशाखमा ५० ओटा लघुवित्त कम्पनीहरुमध्ये २३ ओटा कम्पनीको मात्र शेयर कारोबार भएको छ ।

चैत महीनाको अन्तिम कारोबारको तुलनामा वैशाखको अन्तिम कारोबार दिन २३ ओटा कम्पनीमध्ये सबैभन्दा बढी जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य घटेको छ । उक्त कम्पनीको २५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मूल्य समायोजनसमेत गरेको थियो ।

शेयर समायोजन मूल्यपछि पनि कम्पनीको शेयरमूल्य घटेको छ । २५ प्रतिशत बोनस पश्चात् नेप्सेले जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५१२ तोकेको थियो ।

नेप्सेले वैशाख ३० गते जनउत्थानको शेयरमूल्य समायोजन गरेको हो । चैतको तुलनामा वैशाखमा जन उत्थानको शेयरमूल्य रू.४६७ ले घटेको हो । मूल्य समायोजन अघि जनउत्थानको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८९० थियो । मूल्य समायोजनले पनि जनउत्थानको शेयरमूल्य बढी घटेको देखिएको हो ।

जन उत्थानपछि एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य बढी घटेको छ । चैत महीनाको तुलनामा वैशाखमा उक्त कम्पनीको शेयरमूल्य रू. ८१ ले घटेको हो ।

उक्त कम्पनीले तेस्रो त्रैमासमा राम्रो व्यवसाय गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । सामान्य परिस्थितिमा कम्पनीको आधारभूत तथा प्रावधिक पक्षहरु केलाएर लगानी गर्ने प्रबृत्ति भए पनि लकडाउनका समयमा लगानीकर्ताहरु अन्योलमा परेका थिए ।

गत वर्ष तेस्रो त्रैमाससम्म रू. ३ करोड ३२ लाख ८१ हजार खुद नाफा गरेको उक्त कम्पनीले लकडाउनको प्रभावका बीच पनि यस वर्ष सोही अवधिमा रू. ४ करोड ५९ लाख ७४ हजार खुद नाफा गरेको छ ।

चैतको तुलनामा वैशाखमा सबैभन्दा कम आरएसडीसी लघुवित्तको शेयरमूल्य घटेको छ । चैतको तुलनामा यस कम्पनीको शेयरमूल्य रू. ८ ले घटेको हो ।

धितोपत्रको दोस्रो बजारमा ५० ओटा लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । बजारमा सूचीकृत अन्य समूहको भन्दा लघुवित्त समूहमा धेरै कम्पनीहरु रहेका छन् ।

५० ओटा कम्पनीको १७ करोड ५२ लाख ७९ हजार २६५ कित्ता शेयर सूचीकृत रहेको छ । लघुवित्त समूहको कुल बजार पूँजीकरण रू. १ खर्ब ३२ अर्ब ८ हरोड २० लाख रहेको छ । (आर्थिक अभियानबाट साभार)

वि.सं.२०७७ जेठ २७ मंगलवार १४:१४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...