back
NMB ad

लोकसेवा आयोगको परीक्षा संचालन शाखालेले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले एक जरुरी सूचना सार्वजनिक गरेको छ । आयोगले संगठित संस्थाहरुलाई पदपूर्ति विवरण पठाउने सम्वन्धमा सूचना निकालेको हो । आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा, परीक्षा संचालन शाखाले उक्त सूचना निकालेको हो ।

आगामी आ.व. ०७७/०७८ मा पदपूर्ति गर्नुपर्ने संगठित संस्थाहरुले पदपूर्ति गर्नुपर्ने पदहरुको विवरण तथा समय तालिका उल्लेख गरि आउदो असार १५ गते भित्र सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा (परीक्षा संचालन शाखा)मा आइपुग्ने गरि उपलब्ध गराउनका लागि अनुराध गरेको छ ।

साथै सो मितिभित्र विवरण उपलब्ध नगराउने संगठित संस्थाहरुको पदपूर्ति कार्यक्रम आयोगको वार्षिक कार्यतालिकामा समावेश गनृ असहज हुने सूचनामा उल्लेख छ ।

आयोगले सबै संगठित संस्थाहरुले संगठित संस्थाका कर्माचारीको सेवाका शर्त सम्वन्धी, कानुन, बढुवा र विभागीय कारवाही सम्वन्धी सामान्य सिद्धान्त, २०७४ बमोजिम सम्वद्ध नियम, विनियमहरु परिर्माजन गर्न यस अगाडि नै सूचित गरिसकेको छ ।

नेपालको संविधानको धारा २४३ को उपधारा (२) बमोजिम संगठित संस्थाका रिक्त पदमा पदपूर्तिको लागि आयोगबाट लिखित परीक्षाहरु संचालन हुँदै आइरहेका छन । पदपूर्ति गर्नुपर्ने पदहरको विवरण पठाउने फारमको ढाँचा आयोगको वेबसाइट https://psc.gov.np/ मा राखिएको सूचनामा उल्लेख छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ जेठ २८ बुधवार १७:१६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...