back
NMB ad

यी हुन् आजदेखि खुला हुने तथा बन्द रहने सेवा तथा कार्यहरु (सूचीसहित)

Kumari bank ad

काठमाडौँ । सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणको लकडाउन मोडालिटी बनाउँदै आउँदो असार १ गतेदेखि विभिन्न कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै पहिलोको २१ दिनमा २१ सेवा तथा कार्य खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पहिलो २१ दिन, त्यसको स्थिति हेरी १५ र फेरि अर्को १५ दिनको लकडाउन खुकुलो बनाउने भएको छ ।

पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।

खुला हुने तथा बन्द रहने सेवा तथा कार्यहरु यसप्रकार रहेका छन ।

खुला हुने सेवा तथा कार्यहरुः

  • स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक
  • औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण,
  • फोहोरमैला व्यवस्थापन,
  • विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,
  • बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा,
  • सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य,
  • कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य,
  • उत्पादनशील उद्योग,
  • निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय,
  • विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत),
  • निर्माण कार्य (निजी समेत),
  • नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण,
  • रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा,
  • क्वारेन्टिनका लागि तोकिएका होटल,
  • बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप,
  • पुस्तक पसल तथा स्टेशनरी,
  • सबैप्रकारका ढुवानी सेवा,
  • अत्यावश्यक सेवाका सबै कार्यालय,
  • अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
  • पहिलो २१ दिनको समीक्षा पछि १५ दिनसम्म यी सेवा तथा कार्य समेत खुला हुनेछन् ।
  • सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू र बैंक,
  • रिक्सा तथा एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा,र
  • कार्यहरू सञ्चालन गर्ने तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी),
  • ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने),
  • रेष्टुरेण्ट तथा खाजाघर (ब्यक्ति व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम रहने गरी) ।

बन्द रहने सेवा तथा कार्यहरुः

  • शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र,
  • सपिङ मल, डिपार्टमेण्ट स्टोर ९खाद्यपदार्थ बाहेक०
  • सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल,
  • अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान,
  • तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
  • सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन,
  • २५ जना बढी सहभागी हुने बैठक, गोष्ठी, तालीम, सेमिनार,
  • सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,
  • व्यावसायिक रुपमा सञ्चालित स्वीमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत
  • हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर,
  • समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
  • अत्यावश्यक बाहेकका सबै सवारी साधनहरु,
  • बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानी बाहेक सबै प्रकारका आवागमन ।

वि.सं.२०७७ असार १ सोमवार ०८:२६ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:४२

नयाँदिल्ली, ३१ वैशाख : भारतको तल्लो सदन लोकसभाको चौथो चरणको...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:३७

प्रकाश सिलवाल काठमाडौँ, ३१ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:२०

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र...

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:१३

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिँदैछ ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:०५

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:४३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ...