back
NMB ad

बैंकहरू अब पुरानै समयअनुसार सञ्चालनमा आउने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले अब साविकका समयअनुसार नै बैकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।

बैंकले सोमबारदेखि लागू हुने गरि आइतबार नै उक्त निर्देशन दिएको हो । जसअनुसार अब पहिले सामान्य अवस्थामा जस्तै बैंक तथा वित्तिय सस्थाका सेवाहरु सुचारु गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले ग्राहकको भिडभाड हुने शाखाहरुमा भने सिफ्ट वाइज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिन बैंकहरुलाई निर्देशन दिएको छ । शाखामा ग्राहकको भिडभाड कम गर्ने तथा दुरी कायम हुने गरि ग्राहकलाई लामबद्ध राख्ने व्यवस्था पनि गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, बैंकहरुले कार्यालयमा अनिवार्य रुपमा स्वास्थय सुरक्षाका उपायहरु अबलम्बन गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । साथै, विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन लगाएपछि बैंकहरुले सिमित शाखाहरुलाई सिमित समयसम्म मात्र खोल्दै आएका थिए । तर, सरकारले अहिले लकडाउन खुकुलो बनाएपछि अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्दै आएका छन् भने पुर्ण समयमा नै सेवा दिँदै आएका छन् ।

वि.सं.२०७७ असार १ सोमवार १२:२४ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:४९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२८

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको...

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२४

काठमाडौं । माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धुनिवेशी...

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:१३

चितवन, २८ वैशाखः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु...

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:०५

म्याग्दी, २८ वैशाखः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...