back
NMB ad

कार्यालयहरु एकै सिफ्टमा सञ्चालन !

Kumari bank ad

बैतडी । देशभरजस्तै सोमबारदेखि बैतडीमा पनि सबै सरकारी कार्यालयहरु खुलेका छन् । बन्दाबन्दीको ८३ दिनपछि आजदेखि सबै कार्यालय स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्दै खुलेका हुन् ।

गत साता बसेको मन्त्रीपरिषद् बैठकले नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय अनुसार नै कार्यालय खुलेका बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । सरकारले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने भनेपनि बैतडीमा भने एकै सिफ्टमा सञ्चालन गरिएको छ।

पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न सरकारले निर्देशन दिएको थियो । कार्यालयमा कार्यरतमध्ये आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा रहने गरी सेवा प्रवाह गर्न सरकारको निर्देशन छ । तर, बैतडीमा भने कर्मचारी अभावमा दुई सिफ्टमा कार्यालय गर्न नसकिएको प्रजिअ जोशीले बताए ।

उनले भने, ‘कुनै-कुनै कार्यालयमा त ५/६ जना मात्रै कर्मचारी छन्, दुई सिफ्टमा सञ्चालन गर्दा सेवाप्रवाह गर्न झन समस्या हुन्छ भनरे एकैमा गरेका छौं।’

दुई सिफ्टमा सञ्चालन गर्ने भनेपनि कर्मचारी अभावका कारणले साविक समय अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म एकै सिफ्टमा कार्यालय खुल्ला रहने प्रजिअ जोशीले बताए ।

एकै सिफ्टमा कार्यालय सञ्चालन गर्न सजिलो हुने मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले बताए । उनले भने, ‘सेवाग्राहीहरु टाढाटाढाबाट पनि आउने गर्छन, कर्मचारी पनि कमै भएकोले सबैको सहजताका लागि एकै सिफ्टमा कार्यालय चलाउन सजिलो पर्छ।’

जिल्लाका खाद्यान्न र अत्यावश्यकीय सामग्रीका पसलहरु पनि सामाजिक दुरी कायम गर्दै खुलेका छन्। सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै बैतडीमा पनि निजी सवारीसाधन जोर-बिजोर प्रणलीमा सञ्चालनमा हुन थालेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। -थाहा खबरबाट

वि.सं.२०७७ असार १ सोमवार १३:११ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...