back
NMB ad

आमालाई सम्झिदै सामाजिक सञ्जालमा सुशान्तले लेखेको त्यो अन्तिम पोष्ट…

Kumari bank ad

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आइतबार मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका छन् । ३४ वर्षीय अभिनेताले किन आत्महत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

गत ८ जुनमा उनको म्यानेजर दिशा सलियानले पनि एउटा भवनबाट हामफालेर आत्महत्या गरेकी थिइन् । घरका कामदारले प्रहरीलाई बताएअनुसार उनी हिजोदेखि निकै तनावमा थिए ।

ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए । भित्र उनको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए ।

सुशान्तले आफ्नो अन्तिम सोशल मिडिया पोष्टमा आफ्ना आमालाई सम्झिदै जीवनलाई क्षणभंगुर (क्षणिक, केही बेरमा नाश हुने) बताएका थिए । उनले लेखेका थिए, धमिलो अतित आँशुका रुपमा वाफ बनेर उडिरहेको छ ।

सुशान्तको आमाको मृत्यु सन् २००२ मा भएको थियो र सन् २०१६ को जनवरीमा दिएको एक अन्तरवार्तामा उनले आफ्नो आमाको मृत्युलाई जीवनको सबैभन्दा दुःखद क्षण भएको बताएका थिए । ‘यो भयानक अनुभव थियो ।

यसले अहिले पनि मलाई डराउँछ । परिवारको कुनै पनि सदस्यको मृत्युलाई पहिलो पटक सामना गरेको थिएँ । जब यस्तो घटना हुन्छ तपाईंलाई हरेक चिज क्षणिक भएको पत्ता लाग्छ । यस घटनाले मेरो भित्र केही बदलाव गर्यो । म आज त्यो व्यक्ति रहिनँ, जुन म उनी जानभन्दा अघि थिएँ ।’

सुशान्तले आफ्नो बलिउड करियरमा १२ वटा चलचित्रमा काम गरेका थिए । जसमा काय पो चे, शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिव ब्योमकेश बख्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, राब्ता, केदारनाथ, लगायत चलचित्र रहेका छन् ।

वि.सं.२०७७ असार १ सोमवार १४:४३ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...