back
NMB ad

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड : कुनमा कति ?

Kumari bank ad

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रू.५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।

सोमवार साँझ आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ रू.२६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१ दशमलव १२ प्रतिशत विनियोजन गरिएको बताएका छन् ।

बागमती प्रदेशमा पूर्वाधार विकास कार्यक्रम संचालन गर्नको लागि रू.१ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले जानकारी दिए । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ का लागि भने रू.४७ अर्ब ६० करोड ८७ लाख ८६ हजारको बजेट ल्याएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष करीब रू.४ अर्ब बढीको बजेट सार्बजनिक गरिएको छ । गत वर्ष चालूतर्फ रू.२४ अर्ब ४६ करोड (५१ प्रतिशत) र पूँजीगततर्फ रू.२२ अर्ब ८४ करोड २७ लाख (४८ प्रतिशत) बिनियोजन गरिएको थियो ।

बजेट कार्यान्वयनका लागि प्रदेश स्तरमा निर्देशिका तयार गरिने र विकासका आयोजनाको काम प्रभावकारी बनाउनका लागि आयोजना प्रमुखसँग प्रदेश सरकारले सम्झौता गर्ने मन्त्री ढुंगेलले बताएका छन् ।प्रदेशको योजना बैंकमार्फत् विकास आयोजनाहरु संचालन गरिने बताइएको थियो ।

नसर्ने रोगको कारणबाट सृजना हुने स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न समयमा नै पहिचान र रोकथाम गरी आमनागरिकको जीवनरक्षा गर्न मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई परिमार्जन गरी स्थानीय तहसम्म विस्तार गर्नका लागि बजेट बिनियोजन गरियको छ ।

क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा नेपाल सरकारले दिएको सहुलियतका अतिरक्त रू.५० हजार थप प्रदान गर्ने, क्यान्सर अस्पतालसँगको सहकार्यमा महिलाको पाठेघर एवम् स्तन क्यान्सरको नि स् शुल्क परीक्षणका साथै मृगौला रोगीको उपचारको सहज पहुँचको लागि साझेदारीमा डायलाइसिस सेवा नभएका जिल्ला अस्पतालबाट क्रमशः सेवा विस्तार गर्न र हेमोफिलियाका बिरामीहरुको सहज उपचारको व्यबस्था समेत गरी नसर्ने रोग रोकथाम, नियन्त्रण र उपचारका लागि रू. १५ करोड ८४ लाख बिनियोजन गरिएको मन्त्री ढुँगेलले जानकारी दिए ।

स्थानीय तहमा हस्तान्तरण हुने शिक्षा तथा स्वास्थ्यतर्फका कार्यक्रमका लागि रू. १ अर्ब १३ करोड, भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फका कार्यक्रमको लागि रू.२८ करोड ४२ लाख, भौतिक पूर्वाधार विकासतर्फ रू. ४ करोडलगायत गरी कुल रू.३ अर्ब ६ करोड रकम सशर्त अनुदानको लागि विनियोजन गरिएको छ ।

यसैगरी अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ प्रदेश भित्रका स्थानीयतहलाई कुल रू. ७ अर्ब २४ करोड हस्तान्तरण हुने व्यवस्था गरिएको छ ।

कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य र पोषण सुरक्षामा टेवा पु¥याउनका लागि १३ ओटै जिल्लाका कृषक लाभान्वित हुने गरी मुख्य खाद्यान्न बाली– धान, मकै र गँहुको उत्पादनमा आधारित उन्नत बीउमा प्रतिकेजी रू.२० को दरले प्रोत्साहन दिने गरी बजेटमा व्यवस्था गरिएको छ ।

संघीय सरकारको सहयोग र समन्वयमा प्रदेशका ११९ ओटै स्थानीय तहमा कृषकको चाहना र भौगोलिक उपयुक्तताका आधारमा दुई÷दुई ओटा कृषि, पशुपंक्षीका पकेट र प्रत्येक स्थानीय तहमा एक/एक ओटा कृषि, पशुपंक्षीका व्लक संचालन गरिने बजेटमा उल्लेख गरिएको छ ।
चितवन, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, नुवाकोट, रसुवा जिल्लामा निर्माणाधीन शीतभण्डार आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न हुने गरी बजेट व्यवस्था गरिएको मन्त्री ढुँगेलले बताए ।

सिन्धुलीको हरिहरपुर गढी र मकवानपुरको मनहरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापनाको कार्य प्रारम्भ भएको र वातावरणीय अध्ययन र जग्गा प्राप्तिको प्रक्रिया तत्कालै पुरा गरी प्रदेश औद्योगिक क्षेत्र पूर्वाधार निर्माण प्रारम्भ गर्न बजेट विनियोजन गरेको बताइएको छ ।

एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम अन्तर्गत पहिचान भएका स्थानमा पाँच ओटा उद्योग ग्रामको पुर्वाधार निर्माण गर्न र थप १० ओटा उद्योग ग्रामको सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्ति कार्य समेतका लागि रू.११ करोड विनियोजन गरिएको मन्त्री ढुँगेलले बताएका छन् ।

वि.सं.२०७७ असार १ सोमवार २१:१४ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...