back
NMB ad

अब गरिब र विपन्नलाई निःशुल्क कानुनी सहायता

Kumari bank ad

नवलपरासी । नवलपरासीमा एक वर्षको अवधिमा ४५ जना गरिब र विपन्न वर्गका सर्वसाधारणले निःशुल्क कानुनी सहायता पाएका छन् ।

गरिब र विपन्न समुदायलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको संस्था कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रले ४५ वटा मुद्दामा निःशुल्क कानुनी सहायता प्रदान गरेको हो । त्यसमध्ये २५ वटा मुद्दा समाधान भइसकेका छन् भने २० वटा मुद्दामा पैरवी चलिरहेको केन्द्रले जनाएको छ ।

यसरी कानुनी सहायता प्रदान गरिएकामध्ये ११ वटा सम्बन्ध बिच्छेदका, नौ वटा अंशका, सात वटा घरेलु हिंसा तथा जालसाझीलगायत अन्य १८ वटा मुद्दा रहेको केन्द्रले जनाएको छ ।

कानुनी सहायत प्राप्त गर्नेमा पाँच जना पुरुष रहेका छन् भने ४० जना महिला रहेका छन् ।

यसैबीच केन्द्रले जिल्लामा सञ्चालन गरेको मेलमिलाप कार्यक्रमअन्तर्गत ७४ वटा मुद्दा दर्ता भएको छ । जिल्लाका १२ वटा गाविस र ६ वटा नगरपालिकामा सञ्चालन भइरहेको मेलमिलाप कार्यक्रमबाट एक वर्षको अवधिमा ती मुद्दा दर्ता भएको र त्यसमध्ये ५१ वटा समाधान भइसकेको र २३ वटा समाधानको प्रक्रियामा रहेको केन्द्रले जनाएको छ ।

१५ वैशाख २०७३

वि.सं.२०७३ वैशाख १५ बुधवार १२:१२ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...