back
NMB ad

हेटौंडा अस्पताललाई १८ लाख बराबरको ५० सेट बेड सहयोग

Kumari bank ad

हेटौंडा । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने लक्ष्य राखेको प्रदेश राजधानीको सबैभन्दा ठूलो हेटौंडा अस्पताललाई ५० सेट बेड सहयोग भएको छ ।

हेटौंडा अस्पतालको अंतरङ्ग सेवा तथा कोराना त्रासको कारण सञ्चालनमा आएको आईसोलेसन वार्डमा प्रयोग गर्नका लागि लिशा हिमालय इभी नामक गैरसरकारी दातृ संस्थाले बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई १८ लाख ३८ हजार रुपैयाँ बराबरको ५० सेट हस्पिटल बेड, बेड म्याटरेस्ट लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

यस अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पताललाई ३ सय बेडको सुविधा सम्पन्न गर्ने लक्ष्यमा यो सहयोग सामग्रीले थप ऊर्जा मिलेको बताउँदै संस्था प्रति आभार व्यक्त गर्नुभएको छ ।

सामग्री लिशा हिमालय ईभिका अध्यक्ष डानियला जारिगले हेटौंडा अस्पताललाई सहयोेग सामाग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

हस्तान्तरण गरिएको हस्पिटल बेड, बेड म्याटरेस्टको प्रयोगबाट हेटौडा अस्पतालले दिने सेवाग्राहीहरुलाई दिइने स्वास्थ्य उपचार सेवामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, डा.प्रविण श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो।

वि.सं.२०७७ असार ४ बिहीवार २१:०२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...