back
NMB ad

अब कर्मचारीले घुस खाए कार्यालय प्रमुख पनि तानिने

Kumari bank ad

काठमाडौं । विभिन्न कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवारी बनाएर कारबाही प्रक्रिया सुरु भएको छ ।

दुई दिनअघि मात्रै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका कार्यालय प्रमुख तथा उपसचिव गोविन्द अधिकारीलाई उनकै मातहत रहेका कर्मचारीको घुस प्रकरणमा जिम्मेवार बनाएर विभाग फिर्ता बोलाइएको छ । हाल उनी छानबिनको घेरामा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब जुनसुकै कार्यालयका कर्मचारी पनि घुससहित पक्राउ परेमा सो कार्यालयको प्रमुखलाई समेत छानबिनको घेरामा ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । कार्यालय प्रमुखकै ‘ग्रिन सिग्नल’ बाट कर्मचारीहरू घुस उठाउन उद्यत हुन सक्ने विश्लेषण अख्तियारले गरेको छ ।

लामो समयको बन्दाबन्दी (लकडाउन) पछि कार्यालय खुल्नेबित्तिकै मालपोतका कर्मचारीले खुलेयाम घुस लिँदा लिँदै ६ जना कर्मचारीलाई नियन्त्रण लिएपछि प्रमुखलाई पनि कारबाही गर्नुपर्ने निष्कर्षसहित अख्तियारले भूमिसुधार मन्त्रालयलाई जानकारी गराएको थियो ।

अख्तियारका अनुसार अधिकांश कार्यालयमा कार्यालय प्रमुखले ‘ग्रिन सिग्नल’ दिएकै कारण कर्मचारीहरूले घुस उठाउने गरेको पाइएको छ । कार्यालय प्रमुखले आपूm पनि घुस नखाने र कसैले घुस खाएमा कडा कारबाही गर्ने व्यावहारिक प्रतिबद्धता देखाउन सकेमा कर्मचारीले घुस खाने प्रवृत्तिमा धेरै कमी हुने ठहर अख्तियारको छ ।

मालपोत प्रमुख अधिकारीले कमान्ड कन्ट्रोल गर्न नसकेको र सेवाग्राहीले घुस नदिएसम्म काम नहुने प्रवृत्ति बढेपछि उनलाई कारबाही स्वरूप भूमि व्यवस्था विभाग फिर्ता बोलाइएको छ ।

लकडाउनपछि कार्यालय लागेको भोलिपल्टै जग्गा कित्ताकाँट गर्ने आदेश गराइदिएबापत सेवाग्राहीबाट ८ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले सो कार्यालयका अधिकृत रघुवंश कँडेल, नासुहरू उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सामाखुसी चोकस्थित स्काइ पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको थियो । अख्तियारको नियन्त्रणमा रहेका उनीहरूमाथि अनुसन्धान प्रक्रिया थालिएको छ ।

अनुसन्धान प्रक्रियामा कार्यालय प्रमुख पनि देखिए अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछ । हाल मालपोत कार्यालयका प्रमुखको विषमया मन्त्रालयले छानबिन गरिरहेको छ ।

घुस प्रकरणमा कार्यालय प्रमुखको संलग्नता नदेखिए पनि कर्मचारीलाई निगरानीमा राख्न नसकेको भन्दै उनलाई भूमिसुधार मन्त्रालयले विभागमा तानेको हो । अख्तियारले यसअघि नै साना कर्मचारीले घुस लिएको पाइएमा विषयगत मन्त्रालयका सचिव, महानिर्देशकसम्मलाई छानबिनको घेरामा राख्नुपर्ने भन्दै सरकारलाई सुझाव दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कार्यालयका कर्मचारी घुस लिँदा लिँदै पक्राउ परेमा सो कार्यालयका प्रमुख तथा उच्च अधिकारीमाथि समेत छानबिन गर्ने बाटो खुला गरेको थियो ।

अहिले अख्तियारको स्टिङ अप्रेसनमा प्रायः साना कर्मचारी मात्रै पर्ने गरेका छन् । एउटा कार्यालयबाट ४—५ जना कर्मचारी घुस प्रकरणमा मुछिँदा त्यसको जिम्मवार प्रमुख हुनुपर्ने अख्तियारको निष्कर्ष छ । कार्यालय प्रमुखको कमान्डमा सम्पूर्ण कर्मचारी रहने हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हात हुन सक्ने ठम्याइ अख्तियारको छ ।

कार्यालय प्रमुख तथा उच्च अधिकारीको संकेत पाएरै साना कर्मचारीले घुुस लिने र सो घुसको भागबन्डा माथिल्लो तहसम्मै पुग्न सक्ने विश्लेषण गर्दै अख्तियारले माथिल्लो तहका अधिकारीलाई समेत छानबिनको घेरामा ल्याउने प्रक्रिया सुरु गरेको हो । राजधानी दैनिकबाट

वि.सं.२०७७ असार ६ शनिवार १०:३१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...