back
NMB ad

पाटनका बजार १५ गतेसम्म ‘सिल’

Kumari bank ad

बैतडी । कोरोना संक्रमति बढन थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि सिल गरिएको छ । सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

कोरोनाका बिरामी बढ्दै गएपछि सङ्क्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो । उनले भने, “नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको हो ।”

नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन् । निर्णय उल्लङ्घन गरेमा जरिवना गरिनेछ ।नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक जना निको भएर घर फर्केका छन् ।

बाँकी ७ जना आइसोलेशनमा बसिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थालाई आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्रै खोल्न नगरपालिकाले आग्रह गरेको छ । -रासस

वि.सं.२०७७ असार ८ सोमवार १४:५६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...