back
NMB ad

एनआईसी एशिया लघुवित्तले ऋणीहरुलाई ६ प्रतिशतसम्म छुट दिने

Kumari bank ad

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले असार मसान्तसम्मको सबै सावाँ र ब्याज बक्यौता असारभित्र तिरे विद्यमान ब्याजदर कम गरी ६ प्रतिशतसम्म छुट दिने भएको छ।

वित्तीय संस्थाले ऋणीहरुका लागि नयाँ योजना ल्याएको हो। योजनाअनुसार नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सबै ऋणीहरुले असार मसान्तसम्मको सम्पूर्ण सावाँ तथा ब्याजको बक्यौता रकम असार मसान्तसम्ममा चुक्ता भुक्तान गरे यो सुविधा पाउनेछन्।

उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने संस्थाले जनाएको छ। यो सुविधापछि अधिक ब्याजदरको छुट प्राप्त गर्ने ऋणीको ब्याजदर १२ प्रतिशत कायम हुनेछ।

साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ। यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न वित्तीय संस्थाले यस्तो योजना ल्याएको हो।

यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास वित्तीय संस्थाले लिएको छ।

त्यस्तै संस्थाले ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वानपत्र सार्वजनिक गरिसकेको छ।
साधारण सेयरको बिक्री खुल्ला तथा निष्काशन मिति यही असार १० र निष्काशन बन्द हुने मिति छिटोमा असार १४ (बैंकिङ्ग समय पश्चात) हुनेछ भने निष्काशन बन्द हुने मिति ढिलोमा असार २४ (बैंकिङ्ग समय पश्चात) हुनेछ।

साथै सेयर खरिद गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिनेछ।

वि.सं.२०७७ असार ८ सोमवार १५:४३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...